Ghumgham portugal

Ghumgham portugal पोर्चुगल का विभीन्न पर्यटकिय स्थल हरु घुमघाम तथा ग्रुप टुर को लागी हामीलाई संझनु होला

🧂 नुन खानी • ⛪ फातिमा • 🕳️ पैसे गुफाजुन ७, आइतबार – एक दिने विशेष भ्रमणपोर्तुगलका तीन , तीन फरक अनुभव र तीन फरक आकर्षणला...
02/06/2026

🧂 नुन खानी • ⛪ फातिमा • 🕳️ पैसे गुफा

जुन ७, आइतबार – एक दिने विशेष भ्रमण

पोर्तुगलका तीन , तीन फरक अनुभव र तीन फरक आकर्षणलाई एकै दिनमा नजिकबाट चिन्ने सुनौलो अवसर!

🧂 सलिनास दे रियो माइओर (नुन खानी)
सयौँ वर्ष पुरानो परम्परागत नुन उत्पादन स्थल। विशेष गरी जुनदेखि अगस्टसम्म नुन उत्पादन हुने भएकाले यस समयमा यहाँको दृश्य झन् आकर्षक र जीवन्त देखिन्छ।

⛪ फातिमा (सन्तरियम)
विश्वकै प्रसिद्ध धार्मिक तीर्थस्थलमध्ये एक। हरेक वर्ष लाखौँ श्रद्धालु तथा पर्यटकहरू पुग्ने यस स्थानले शान्ति, आस्था र आध्यात्मिक अनुभूति प्रदान गर्दछ।

🕳️ पैसे गुफा (Grutas de Moeda)
प्राकृतिक रूपमा बनेका अद्भुत चट्टानी संरचना, रहस्यमय गुफा र मनमोहक दृश्यहरूले भरिएको पोर्तुगलको प्रसिद्ध प्राकृतिक सम्पदा।

🚌 प्रस्थान: लिजवनबाट बिहान ८:०० बजे
🚌 फर्कने: साँझ ८:०० बजे

💶 टिकट दर
✅ १० वर्षदेखि ५९ वर्षसम्म: ३५ युरो
✅ ६० वर्षमाथि र १० वर्षमुनिका बालबालिका: २९ युरो

📍 पिकअप स्थानहरू
• मार्केस पोम्बल – ७:४०
• काइस दो सोद्रे – ८:००
• अलमेदा मेट्रो स्टेसन – ८:३०

📲 बुकिङ तथा जानकारी:
WhatsApp: 920074622

इतिहास, धर्म, प्रकृति र मनोरञ्जनलाई एकै यात्रामा समेट्ने यो विशेष भ्रमणमा परिवार, साथीभाइ तथा आफन्तसँग सहभागी बनौँ। सीमित सीट भएकाले समयमै आफ्नो स्थान सुरक्षित गर्नुहोस्। 🇵🇹🚌✨

29/05/2026

लिस्बनमा ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम सफल आरोहणको ७३औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम लिस्बनस्थित Escola Secundária Marquês de Pombal मा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पोर्तुगलका लागि नेपालका महामहिम राजदूत प्रकाश मणि पौडेल ज्यूले तेन्जिङ नोर्गे शेर्पा र सर एड्मन्ड हिलारीको ऐतिहासिक योगदानको स्मरण गर्दै मानव साहस, दृढता, धैर्यता र सहनशीलताको प्रशंसा गर्नुभयो। उहाँले हिमालयको संरक्षण तथा भावी पुस्ताका लागि हिमाली पर्यावरण जोगाउनुपर्ने आवश्यकतामाथि पनि विशेष जोड दिनुभयो।

विशेष अतिथि तथा विश्वप्रसिद्ध पोर्तुगीज पर्वतारोही ज्वाओ गार्सीया (João Garcia) ले सगरमाथासहित हिमालयका विभिन्न हिमालहरूको आरोहण अनुभव सुनाउँदै नेपालको आतिथ्यता, संस्कृति र नेपाली जनताको आत्मीयताको खुलेर प्रशंसा गर्नुभयो। विश्वका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू अतिरिक्त अक्सिजनबिना आरोहण गर्ने दुर्लभ कीर्तिमान बनाएका गार्सीयाले पहिलो पटक नेपाल भ्रमण गर्दा पाएको आत्मीय स्वागत, हिमाली संस्कृतिप्रतिको आकर्षण तथा नेपालीहरूको मित्रवत व्यवहारको विशेष स्मरण गर्नुभयो। आफु ५२ पटक नेपाल गयको पनि वताऊनु भयो ।

सो अवसरमा महामहिम राजदूत प्रकाश मणि पौडेलज्यूले ज्वाओ गार्सीयालाई नेपाली परम्पराअनुसार खादा तथा नेपाली टोपी लगाई सम्मान गर्नुभयो। साथै सगरमाथाको तस्बिर अंकित विशेष स्मृति–चिन्ह प्रदान गर्दै नेपालप्रतिको उहाँको माया, सम्मान तथा पर्वतारोहण क्षेत्रमा पुर्‍याउनुभएको असाधारण योगदानको उच्च कदर गर्नुभयो।

कार्यक्रमका क्रममा नेपालको पर्वतारोहण इतिहास, प्राकृतिक सम्पदा तथा सांस्कृतिक धरोहरसम्बन्धी भिडियो प्रस्तुतीकरणमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको थियो। साथै पोर्तुगलमा रहेका नेपाली कलाकारहरूले प्रस्तुत गरेका नेपाली नृत्य तथा सांगीतिक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक, रोचक र जीवन्त बनाएका थिए।

आफ्नो सम्बोधनका क्रममा महामहिम राजदूतज्यूले नेपाल संसारकै सर्वोच्च शिखर सगरमाथाको देश मात्र नभई प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले भरिपूर्ण राष्ट्र भएको उल्लेख गर्दै जीवनमा कम्तीमा एक पटक नेपाल भ्रमण गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले नेपाल–पोर्तुगल सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा पोर्तुगलको परराष्ट्र मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीहरू, लिस्बनस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञहरू, पर्यटन तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू, पत्रकारहरू तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरूलाई नेपाली झोलामा विशेष उपहार प्रदान गरिएको थियो। साथै उपस्थित सम्पूर्ण सहभागीहरूका लागि नेपाली रेस्टुरेन्ट दियालो द्वारा तयार गरिएका स्वादिष्ट नेपाली परिकार तथा चियापानको व्यवस्था गरिएको थियो। नेपाली स्वाद र आत्मीय आतिथ्यले कार्यक्रमलाई अझ स्मरणीय बनाएको सहभागीहरूले बताएका थिए।

कार्यक्रम सफल बनाउन नेपाली राजदूतावासका सम्पूर्ण कूटनीतिक अधिकारी तथा कर्मचारीहरू स्वयं विभिन्न जिम्मेवारीमा खटिनु भयको थियो उहाँहरूको समर्पण, मेहनत र सक्रिय सहभागिताका कारण कार्यक्रम अत्यन्त व्यवस्थित, सभ्य, भव्य तथा सफल रूपमा सम्पन्न भएको थियो।

सगरमाथा दिवसको अवसरमा आयोजित यस विशेष समारोहले नेपालको गौरव, नेपाली संस्कृति, पर्वतारोहणको समृद्ध इतिहास तथा नेपाल–पोर्तुगलबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको धारणा रहेको छ।

https://europechautari.com/blog/2026/05/29/4716/?
29/05/2026

https://europechautari.com/blog/2026/05/29/4716/?

“नेपालसँग संसारलाई आकर्षित गर्ने सबै कुरा छन्, अब व्यवस्थापन र संरक्षणमा अझ ध्यान दिनुपर्छ” लिस्बनमा जारी पुस्त....

15 जुन - अल्देया दे जोसे फ्रान्सीस्को इरीसेइरा वुद्द पार्क अवोदो दरवार भ्रमण
26/05/2026

15 जुन -
अल्देया दे जोसे फ्रान्सीस्को
इरीसेइरा
वुद्द पार्क
अवोदो दरवार भ्रमण

Check out कटेरो /टहरो पोर्चुगल 🇵🇹🇵🇹’s video.

जुन ७ आईतवार Ghumgham Portugal सँग रमाइलो एक दिने विशेष भ्रमणमा सहभागी बनौं।लिजवनबाट बिहान ८ बजे प्रस्थान गरी नुन खानी, ...
25/05/2026

जुन ७ आईतवार Ghumgham Portugal सँग रमाइलो एक दिने विशेष भ्रमणमा सहभागी बनौं।
लिजवनबाट बिहान ८ बजे प्रस्थान गरी नुन खानी, पवित्र फातीमा तथा आकर्षक सिक्के गुफाको अवलोकन गरिनेछ। साँझ ८ बजे पुनः लिजवन फर्किने कार्यक्रम रहेको छ।

टिकट शुल्क:
६० वर्ष माथि र १० वर्षमुनिका लागि २९ युरो
१० देखि ५९ वर्षसम्मका लागि ३५ युरो मात्र।

सिट सीमित भएकाले छिट्टै बुक गर्नुहोस्।
सम्पर्क (WhatsApp): 920074622

आज सनिवार हो, धेरै साथीहरूलाई विदा पनि छ। भोली आईतवार प्रायः कृषी क्षेत्रमा काम गर्ने दाजुभाइ दिदीबहिनीहरूको पनि विश्राम...
23/05/2026

आज सनिवार हो, धेरै साथीहरूलाई विदा पनि छ। भोली आईतवार प्रायः कृषी क्षेत्रमा काम गर्ने दाजुभाइ दिदीबहिनीहरूको पनि विश्रामको दिन हुन्छ, अनि पर्सी सोमवार धेरै सुसी तथा चाइनिज रेस्टुरेन्टहरू बन्द रहने गर्छन्। यही फुर्सदको केही २ मिनेट समय निकालेर नेपालमा पोर्तुगलको स्थायी नियोग (दूतावास/कन्सुलेट) स्थापना गर्ने हाम्रो साझा हस्ताक्षर अभियानमा सहभागी बनौँ।
यो कुनै व्यक्तिको लागि होइन, सम्पूर्ण नेपाली समुदाय, भावी पुस्ता र नेपाल–पोर्तुगल सम्बन्धको भविष्यका लागि हो। 🙏 हस्ताक्षर को लागी कसरी गर्ने भनेर कतै कन्फ्युज हुनुहुन्छ भने यो लिङ्क खोलेर यो भिडीयो हेर्नु होस् प्रस्ट हुन्छ - https://youtu.be/KcGoZKj_Mxs?is=v04X48ZePLlM6q4K यो भिडीयो हेरेपछि अव यो हस्ताक्षर को लिङ्क मा जाऔ http://participacao.parlamento.pt/initiatives/6009 यसमा क्लीक गरेर हस्ताक्षर गरौ

नोट - यो हस्ताक्षर पोर्तुगल भयको सवैले कार्ड भयको कार्ड नभयको ले नया पुरानो सवैले हस्ताक्षर गर्न मिल्दछ - नेसनालीटी भनेको ठाऊ खाली राखीदीनु होला यदि पोर्तुगीज नागरिकता छ भने पोर्तुगीज लेख्नु होला यो पोर्तुगल मा भयका इन्डीयन वंगाली पाकीस्थानी पोरेतुगीज व्राजीलीयन सवैले हस्ताक्षर गर्न मिल्दछ अन्य देस वाट पनि गर्न मिल्दछ ठेगाना इमेल र फोन नं राखेर

🌿 GhumGham Portugal विशेष एकदिने भ्रमण 🌿🗓 जुन ७, आइतवार📍 लिजवनबाट नुन खानी, फातीमा र पैसै गुफा भ्रमण🕗 बिहान ८ बजे प्रस्थ...
23/05/2026

🌿 GhumGham Portugal विशेष एकदिने भ्रमण 🌿
🗓 जुन ७, आइतवार
📍 लिजवनबाट नुन खानी, फातीमा र पैसै गुफा भ्रमण
🕗 बिहान ८ बजे प्रस्थान, साँझ ८ बजे फिर्ता
🚌 आरामदायी यात्रा • रमणीय दृश्य • अविस्मरणीय अनुभव
🎟 टिकट मात्र €35 जान–आउन
📲 सम्पर्क/WhatsApp: 920074622

सिक्के गुफा, फातीमा र युरोपकै पुरानो नुन खानी भ्रमण🚌 ७ जुन, आईतवार — GhumGham Portugal सँग रमाइलो यात्रासिक्के गुफा घुम्...
21/05/2026

सिक्के गुफा, फातीमा र युरोपकै पुरानो नुन खानी भ्रमण

🚌 ७ जुन, आईतवार — GhumGham Portugal सँग रमाइलो यात्रा

सिक्के गुफा घुम्न जानी,
फातीमा मा पूजा ध्यानी ।
युरोपकै पुरानो नुन खानी,
त्यो झिनझिने नुन चाख्नी ।।

पहाड भित्रको चिसो हावा,
मन रमाउने प्राकृतिक छाँया ।
महको चाका स्वादिलो खाने,
तस्बिर खिच्दै रमाइलो गर्ने ।।

फातीमाको पवित्र भूमि,
मनमा शान्ति, आत्मामा खुशी ।
मैनबत्ती बाल्दै प्राथना गर्ने,
जीवनका पीडा बिर्सी हाँस्ने ।।

साथीभाइ मिलेर जानी,
गीत संगीत रमाइलो गानी ।
एक दिनको मीठो यात्रा,
स्मृतिमा बस्ने सुन्दर पात्रा ।।

लिजवनबाट बिहानै हिड्ने,
प्रकृतिसँग मनलाई जोड्ने ।
घुमघामसँग यात्रा रमाइलो,
आउनुहोस् सबै मिलेर है लो ।

टिकट ३५ युरो
फोन 920074622

GhumGham Portugal विशेष एकदिने धार्मिक तथा प्राकृतिक भ्रमण यात्राजुन ७, आईतवारप्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,GhumGham Po...
20/05/2026

GhumGham Portugal विशेष एकदिने धार्मिक तथा प्राकृतिक भ्रमण यात्रा

जुन ७, आईतवार

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

GhumGham Portugal ले फेरि एकपटक रमाइलो, धार्मिक, प्राकृतिक तथा सांस्कृतिक अनुभवले भरिपूर्ण विशेष एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ। यस यात्रामा तपाईँले युरोपकै ऐतिहासिक नुन खानी, विश्वप्रसिद्ध फातीमा धार्मिक स्थल तथा आकर्षक “Grutas de Moeda” अर्थात् “पैसे गुफा” घुम्ने सुनौलो अवसर प्राप्त गर्नु हुनेछ।

हामी विहान लिजवनको Marquês de Pombal बाट ७:४५ बजे, Cais do Sodré बाट ८:१५ बजे तथा Alameda Park बाट ८:३० बजे यात्रा सुरु गर्नेछौं। आरामदायी ५३ सिटे बसमार्फत यात्रा गरिने भएकाले यात्राभरि बाटोका रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिनेछ। हरियाली डाँडा, ग्रामीण बस्ती, खेतीपाती तथा सुन्दर प्राकृतिक दृश्यले यात्रा अझ स्मरणीय बनाउनेछ।

करिब ६० किलोमिटर यात्रा पछि ३० मिनेटको चिया तथा विश्राम ब्रेक हुनेछ। त्यहाँ यात्रुहरूले चिया, कफी, हल्का नास्ता तथा सौचालय प्रयोग गर्न सक्नु हुनेछ।

त्यसपछि हामी हाईवे छोडेर ग्रामीण मार्ग हुँदै स्याऊ, पेरा तथा विभिन्न खेतीबालीका सुन्दर बगैंचा छिचोल्दै युरोपकै पुरानो पहाडी नुन खानी क्षेत्रमा पुग्नेछौं। जुन १ देखि सेप्टेम्बर १ सम्म खुल्ने उक्त ऐतिहासिक नुन खानी अवलोकन गर्ने अवसर मिल्नेछ। त्यहाँ विभिन्न प्रकारका प्राकृतिक नुन, स्वादिष्ट झिनझिना, स्थानीय महका चाका तथा अन्य स्थानीय सामग्रीहरू खरिद गर्न सकिनेछ। रमाइलो वातावरण र प्राकृतिक दृश्यले सबैको मन लोभ्याउनेछ।

त्यसपछि हाम्रो यात्रा विश्वप्रसिद्ध धार्मिक स्थल Fátima तर्फ अघि बढ्नेछ। हामी करिब ११:२० देखि १२:०० बजेसम्म फातीमा पुग्नेछौं र त्यहाँ ४ घण्टा समय बिताउनेछौं। श्रद्धालुहरूले प्रार्थना गर्न, क्यान्डल बाल्न, भाकल पूरा गर्न तथा धार्मिक वातावरण अनुभव गर्न सक्नु हुनेछ।

फातीमा भ्रमणपछि हामी प्रसिद्ध Grutas de Moeda (पैसे गुफा) जानेछौं। अत्यन्त सुन्दर यो गुफामा एकातिरबाट प्रवेश गरेर अर्को तर्फबाट निस्कने अनौठो अनुभव लिन सकिन्छ। गुफाभित्रका प्राकृतिक ढुंगा संरचना र दृश्य अत्यन्त आकर्षक छन्। गुफा प्रवेश शुल्क भने यात्रु स्वयंले तिर्नु पर्नेछ।

साँझ ५:३०–६:०० बजे गुफाबाट फर्किएपछि हामी लिजवनतर्फ प्रस्थान गर्नेछौं र करिब राति ८ बजे लिजवन आइपुग्नेछौं।

यस यात्रामा विगत ७ वर्षदेखि अनुभव बटुल्दै आउनुभएका अनुभवी गाईड हुनुहुनेछ, जसले यात्रा अवधिभर आवश्यक जानकारी तथा सहयोग प्रदान गर्नु हुनेछ।

यात्रा शुल्क केवल ३५ युरो मात्र रहेको छ, जसमा यात्रा बीमा तथा ६% सरकारी ट्याक्स समावेश गरिएको छ।

📞 WhatsApp / Phone: 00351920074622
📍 आयोजक: GhumGham Portugal

Ghumgham portugal को टुर एक दिने टुप 🌿🇵🇹 ७ जुन २०२६, आइतवार — विशेष एकदिने भ्रमण यात्रा 🇵🇹🌿यसपटक हामी तपाईंहरूलाई पोर्तु...
20/05/2026

Ghumgham portugal को टुर एक दिने टुप

🌿🇵🇹 ७ जुन २०२६, आइतवार — विशेष एकदिने भ्रमण यात्रा 🇵🇹🌿

यसपटक हामी तपाईंहरूलाई पोर्तुगलका अत्यन्त सुन्दर तथा ऐतिहासिक ३ रमणीय स्थानहरूको अविस्मरणीय यात्रामा लैजाँदैछौं।

📍 भ्रमण गरिने स्थानहरू:
✅ Salinas de Rio Maior (सलिनीया दे रियो)
✅ Grutas de Moeda (गुर्तास दे मोइदा)
✅ Fátima (फातीमा)

🚌 पिकअप समय तथा स्थान:
📌 Marquês de Pombal — बिहान ७:४५
📌 Cais do Sodré — बिहान ८:१५
📌 Alameda Metro Station — बिहान ८:३०

⏰ लिजवन फिर्ती: साझ ८:०० बजे

🕒 घुम्ने समय:
🌿 Salinas de Rio — १ घन्टा
🙏 Fátima — ४ घन्टा
🪨 Grutas de Moeda — २ घन्टा

💶 टिकट शुल्क:
केवल ३५ युरो प्रति व्यक्ति
✔ IVA समावेश
✔ Insurance समावेश

⚠️ सिट सीमित छन्।
समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।

📞 सम्पर्क नम्बर:
☎ 920074622
☎ +351 937 653 942

परिवार, साथीभाइ तथा आफ्ना प्रियजनहरूसँग रमाइलो, शान्त र अविस्मरणीय यात्रा गर्न आजै सम्पर्क गर्नुहोस्। 🌸✨

Endereço

Rua Ferreira Borges
Lisbon

Horário de Funcionamento

Terça-feira 09:00 - 17:00
Quarta-feira 09:00 - 17:00
Quinta-feira 09:00 - 17:00
Sexta-feira 09:00 - 17:00
Sábado 09:00 - 17:00

Telefone

+351920192962

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Ghumgham portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar