Airlife Adventures

Airlife Adventures Airlife Adventures is a helicopter management service provider all over Nepal. We provide adventure t

गुरु पूर्णिमा को अवसर्मा सम्पन्न गुरुहरूलाई सुभकामना     www.airlifeadventures.com
05/07/2020

गुरु पूर्णिमा को अवसर्मा सम्पन्न गुरुहरूलाई सुभकामना

www.airlifeadventures.com

08/06/2020

कारोना भाइरसको महामारीपछि विश्वभर पहिलो असर हजारौं वायुसेवा कम्पनीहरुमा पर्‍यो । यसले विश्वका सयौं ठूला, उत्कृ.....

May the departed soul rest in peaceStay homeStay safe
16/05/2020

May the departed soul rest in peace
Stay home
Stay safe

नव वर्ष २०७७को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना |www.airlifeadventures.com
13/04/2020

नव वर्ष २०७७को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना |

www.airlifeadventures.com

Stay Home Stay Safe !
08/04/2020

Stay Home Stay Safe !

04/04/2020
03/04/2020


22/03/2020

कोरोना भाइरस (COVID-19) सम्बन्धि भ्रम तथा त्यसका जवाफहरु

1) कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हृाछ्यु गर्दा निस्कने थुक र सिगानको माध्यमबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सचेत रहौं ।

2) के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
- हालसम्म लसुन खानाले कोरोना भाइरसको संक्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएकोे छैन । लसुन स्वास्थ्यको लागि लाभदायक खाना हो र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

3) के तिलको तेलको मालिसले कोरोना भाइरस शरिरमा प्रवेश गर्नबाट रोक्छ ?
- तिलको तेलले मालिस गर्नाले कोरोना भाइरस शरिरमा प्रवेश गर्नबाट रोक्दैन । तिलको तेलले कोरोना भाइरसलाई मार्न सक्दैन । भुई वा सतहमा भएको कोरोना भाइरसलाई निःसंक्रमण गर्न ७० प्रतिशत इथानोल, ०.५ प्रतिशत सोडियम हाइपोक्लोराइटहरू भएको रसायन वा घोलक (disinfectant), प्रयोग गर्नु पर्छ ।
यी रसायनहरू कहिले पनि मानिसको शरिरमा प्रयोग गर्न हुदैन । यस्ता रसायनहरू छालामा परेमा हानीकारक हुन्छ ।

4) के पानी पिउनाले घाँटि दुखेको निको हुन्छ, र कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
- स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ । तर यसले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।

5) यो कोरोना भाइरसले वृद्धवृद्धालाई मात्र बढी असर गर्छ कि युवावर्ग पनि यसको जोखिम हुन्छन् ?
- सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दछ । तर ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई भने यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार यस भाइरसबाट बच्नको लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्ने, श्वाशप्रश्वाश सम्बन्धी सरसफाईमा विशेष ध्यान दिने जस्तै खोक्दा, हाछ्यु गर्दा नाक मुख छोप्नु पर्दछ ।

6) के कोरोना भाइरसबाट बच्न र संक्रमितको उपचारको लागि एन्टिबायोटिकको प्रयोग प्रभावकारी हुन्छ ?
- एन्टिबायोटिकले ब्याक्टेरिया (जिवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकोले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बचाउदैन वा उपचार गर्न सकिदैन । यदि तपाई कोरोना भाइरसको संक्रमणका कारण अस्पतालमा भर्ना हुनुभएको छ भने शरिरमा ब्याक्टेरियाको संक्रमण पनि हुनसक्ने भएकाले तपाईलाई चिकित्सकले एन्टिबायोटिक दिएको हुन सक्दछ ।

7) के कोरोना भाइरस (कोभिड –१९) लामखुट्टेको टोकाईबाट सर्छ ?
हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन ।
यो श्वाशप्रश्वाशबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हृाछ्यु गर्दा निस्कने थुक र सिगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

8) कोरोना भाइरसबाट बच्ने वा उपचार गर्ने कुनै औषधी छ ?
आजको मितिसम्म, कोरोना भाइरसबाट बच्न वा उपचारको लागि कुनै औषधी पत्ता लागिसकेको छैन ।
तर संक्रमितहरुलाई देखिएको लक्षण अनुसारको औषधी उपचार गरी स्याहार गर्नुपर्छ । यस भाइरसबाट संक्रमित गम्भिर बिरामीलाई अस्पतालमा भर्ना गरी लक्षण अनुसारका बिशेष उपचार तथा स्याहार गरिन्छ ।
यसको उपचारको वारेमा धेरै देशहरुमा अध्ययन अनुसन्धान भइरहेको छ भने विश्व स्वास्थ्य संगठनले साझेदारहरुसँगको समन्वयमा यस विषयमा अध्ययन र अनुसन्धानलाई तीव्र रुपले अघि बढाइरहेको छ ।

9) के हात सुकाउने मेशिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि प्रभावकारी हुन्छ ?
हात सुकाउने मेशिन (ह्यान्ड ड्रायर) कोरोना भाइरस मार्नका लागि कदापी प्रभावकारी हुनसक्दैन । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहलयुक्त सेनिटाइजरको प्रयोग गर्नु नै उत्तम उपाय हो । हात धोइसकेपछि भिजेको हात सुकाउनका लागि कागजी रुमाल वा हात सुकाउने ड्रायरको प्रयोग गर्न सकिन्छ । तर सबैजनाले एउटै रुमाल प्रयोग गर्नु हुदैन ।

10) के चीनबाट आएको चिठी पत्र वा कुनैपनि सामान लिनु सुरक्षित हुन्छ ?
चीनबाट आएको सामान वा चिठिपत्रबाट कोरोना भाइरस सर्ने जोखिम हुदैन । किनकि कोरोना भाइरस बस्तुहरू जस्तै चिठि वा बाकसहरुमा लामो समय बाच्दैनन् भन्ने पुष्टि भैसकेको छ ।

11) के युभि किरण (अल्टा भ्वाइलेट प्रकास)ले कोरोना भाइरस मार्न सक्छ ?
यस्ता युभि किरणले कोरोना भाइरसलाई मार्न सक्दैन । तर यस्ता विकिरणले हात वा शरिरका अन्य अंगहरुमा एलर्जि गराउन सक्छ ।

12) विमानस्थलमा राखिएको थर्मल स्क्यानरबाट कोरोना भाइरस संक्रमित भए वा नभएको थाहा पाउन कत्तिको प्रभावकारी हुन्छ ?
थर्मल स्क्यानरले कुनैपनि व्यक्तिलाई ज्वरोे (शरिरको तापक्रम सामान्य भन्दा बढी) आए वा नआएका थाहा पाउन मद्धत गर्दछ । कोरोना भाइरसको संक्रमणका लक्षणहरू देखिन २ देखि १४ दिन लाग्ने भएकोले यदि कोही व्यक्तिलाई यसको संक्रमण भैसकेको तर ज्वरो देखि नसकेको भएमा यो थर्मल स्क्यानरले पत्ता लगाउन सक्दैन

13) के पुरै शरिरमा अल्कोहल वा क्लोरिन लगाएमा वा छरेमा कोरोना भाइरस मर्छ ?
शरिर भित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल वा क्लोरिन पुरै शरिरमा लगाउँदा वा छर्कदा यो भाइरस मर्देन । बरु यसरी छर्कनाले तपाईको लुगा वा शरिरमा रहेका स साना छिद्रहरुका साथै आँखा, मुख, नाक आदिमा हानि पुग्न सक्दछ । याद राख्नुहोस्, सहि मात्रामा प्रयोग गरिएको खण्डमा अल्कोहल र क्लोरिनले भुई वा सतहलाई निःसंक्रमण गर्न मद्धत गर्दछ ।

14) के घरपालुवा जनावरबाट कोरोना भाइरसको संक्रमण हुन वा सर्न सक्छ ?
हालसम्म घरपालुवा जनावर जस्तै कुकुर, बिरालो आदि कोरोना भाइरसबाट संक्रमित भएको पुस्टि भएको छैन । तर घरमा पालिएका जनावरलाई छोए पश्चात सधैँ साबुन पानीले मिचिमिचि हात धुनुपर्छ । यसरी साबुनपानीले हात धोएमा घरपालुवा जनावरबाट मानिसमा सर्न सक्ने इ.कोली र साल्मोनेल्ला जस्ता विभिन्न जीवाणुका संक्रमणबाट सुरक्षित हुन्छं ।

15) के निमोनिया विरुद्धको खोपले हामीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
निमोनिया विरुद्धका खोपहरू जस्तै न्युमोकोकल भ्याक्सिन र हेमोफिलस इन्फ्लुएन्जा टाइप बी भ्याक्सिनले कोरोना भाइरसबाट जोगाउन सक्दैन ।
यो नयाँ र फरक किसिमको भाइरस भएकोले यसको लागि छुटै प्रकारको खोप चाहिन्छ । कोरोना भाइरस विरुद्धको खोपको विकासका लागि अनुसन्धान भइरहेको छ तर अहिलेसम्म पत्ता लागिसकेको छैन ।
निमोनिया विरुद्धका खोपहरू कोरोना भाइरस रोकथाम गर्नका लागि उपयोगी नभए तापनि श्वासप्रश्वासको समस्याबाट बच्न यी खोपहरू स्वास्थ्यका लागि लगाउन सिफारिस गरिन्छ ।

16) के नियमित सलाईन पानीले नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
हालसम्म सलाईन पानीले नियमित नाक सफा गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन प्रमाण फेला परेको छैन ।
सलाईन पानीले नियमित नाक सफा गर्नाले रुघा चाँडो निको भएको केहि तथ्यहरू भने छन् ।

17) के माउथवासले मुख कुल्ला गर्नाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
माउथवासको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने कुनैपनि प्रमाण हालसम्म फेला परेको छैन ।
केहि कम्पनीका माउथवासहरुको प्रयोगले मुखभित्र ¥यालमा रहेका केहि भाइरसहरुलाई केहि समयका लागि निर्मुल गर्ने भएता पनि यसले कोरोना भाइरसको संक्रमणबाट भने सुरक्षित गर्न सक्दैन ।

18) के कोरोना भाइरस गर्मी मौसममा वा आदर्«ता भएको तापक्रममा बाँच्न सक्छ ?
कोरोना भाइरस गर्मी वा जाडो र आदर्«ता वा सुख्खा तापक्रम भएका सबै ठाँउहरुमा फैलिसकेको छ । गर्मी वा जाडो जहाँ बस्ने भएपनि सावधानी अपनाउनुपर्छ । यसबाट बच्नका लागि बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुनु पर्छ ।
खोक्दा वा हृाछ्ँयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने । प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फ्याल्ने ठाँउमा फ्याल्ने र साबुन पानीले हात धुनु पर्छ ।

19) के रक्सि पिउनाले कोरोना भाइरसको संक्रमण हुदैन ?
रक्सिले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन ।
कोरोना भाइरसको संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने; खोक्दा र हृाछ्यु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने; प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फ्याल्ने ठाँउमा फ्याल्ने र साबुन पानीले हात धुने; र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने ।

20) भुई वा सतहहरुलाई निःसक्रमण मैले कसरी गर्न सक्छु ?
भुँई वा सतह फोहर छ भने पहिला साबुन वा सर्फ पानीले भुईलाई राम्ररी सफा गर्ने । बजारमा पाईने घरेलु निःसंक्रमणमा प्रयोग हुने क्लोरिनयुक्त रसायन वा घोलक ९मष्कष्लाभअतबलत० ले ब्याक्टेरिया र भाइरसलाई मार्दछ । यस्ता रसायन वा घोलकहरु प्रयोग गर्दा सधै पञ्जा लगाउनुपर्छ । खाली हातले कहिलेपनि प्रयोग गर्नु हुदैन ।

21) धुम्रपान वा चुरोटले कोरोना भाइरसलाई असर गर्छ ?
धुम्रपान वा चुरोटले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । विश्वमा वर्षेनी करिब ८० लाख मानिसहरू धुम्रपानका कारण अकाल मर्दछन् । मुटु लगायत बिभिन्न स्वास्थ्य समस्या भएका ब्यक्तिहरुमा धुम्रपानका कारणले थप जटिलता हुने भएकोले उनीहरुमा कोरोना भाइरसको जोखिम अझ बढी हुन्छ ।

22) पसलमा स्यानिटाइजर नपाएमा मैले के गर्न सक्छु ?
स्यानिटाइजर नभएमा पनि केहि हुँदैन । बेलाबेलामा साबुन पानीले मिचिमिच हात धोएमा कोरोना भाइरसको जोखिम कम हुन्छ । हात धुदाँ औलाको विचमा, हातको अगाडि र पछाडी र नङलाई पनि राम्ररी धुनुपर्छ ।

23) के दिसाबाट कोरोना भाइरस सर्छ ?
अन्य कोरोना भाइरस जस्तै यो नयाँ कोरोना भाइरस २०१९ दिसामा पनि पाइन्छ । यसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँछ्यूँ गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ ।
त्यसैले यसकोे संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने; खोक्दा र हृाछ्ँयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने; प्रयोग गरेको टिस्यु तुरुन्त फोहर फ्याल्ने ठाँउमा फ्याल्ने र साबुन पानीले हात धुने; र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने ।

24) नाली वा ढलबाट आउने हावा, गन्धबाट के म र मेरो परिवारलाई कोरोना भाइरस हुनसक्छ ?
ढल वा नालीबाट आउने हावा, गन्धमा श्वाश फेर्दा कोरोना भाइरस संक्रमण भएको तथ्य हालसम्म पाइएको छैन ।
हालसम्मको तथ्य अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा र हृाछ्ँयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरु र संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ ।

25) के बोझो, लसुन वा बेसार खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
लसुन, बोझो र बेसार खानु स्वास्थ्यको लागि लाभदायक हो, यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ । तर हाल सम्म लसुन वा बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको तथ्य फेला परेको छैन ।


With Airlife Adventures’ Langtang Package, explore the range of peaks, the sights of diverse Langtang valley and panoram...
16/03/2020

With Airlife Adventures’ Langtang Package, explore the range of peaks, the sights of diverse Langtang valley and panoramic view of the glacial lakes. Soar as high as 13,500 ft. with Airlife’s well equipped-helicopters and the adventure-person in you!

For more details:
www.airlifeadventures.com
☎️ 01-4418587, 01-4418588
📱 9801113867
🏢 Laxmi Height, Lazimpat
Kathmandu, Nepal

Tag a friend who will take you to a Heli ride? For more details:www.airlifeadventures.com☎️ 01-4418587, 01-4418588📱 9801...
13/03/2020

Tag a friend who will take you to a Heli ride?

For more details:
www.airlifeadventures.com
☎️ 01-4418587, 01-4418588
📱 9801113867
🏢 Laxmi Height, Lazimpat
Kathmandu, Nepal

Notice from Department of Immigration
13/03/2020

Notice from Department of Immigration

Breaking: Nepal Government (Department of Immigration) suspended Visa-on-arrival for all foreigners for aforementioned period. Details on photo (Updated Urgent Notice).

Amidst the Himalayas, Everest stands as a feat, a feat of greatness.Embrace the greatness of Everest with Airlife Advent...
10/03/2020

Amidst the Himalayas, Everest stands as a feat, a feat of greatness.
Embrace the greatness of Everest with Airlife Adventure’s Everest Mountain Flight.

Fixed Departure Date : March 14, 18 & 21 on Sharing Basis.

For more details:
www.airlifeadventures.com
☎️ 01-4418587, 01-4418588
📱 9801113867
🏢 Laxmi Height, Lazimpat
Kathmandu, Nepal

Address

Lazimpat
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Airlife Adventures posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Our Story

Airlife Adventures is an idea materialized by group of experts coming together who believe in creating a captivating experience for our clients. The Equipped with a world class service, Airlife Adventures offers its client family with aesthetic aerial views of the beautiful Himalayas along with a paramount flying experience. We are exclusively a “Helicopter Management” organization that provide an array of adventure services.