09/06/2016
अब अर्को तयारी............................
मिती ः २६ जेठ २०७३
प्रेस विज्ञप्ती
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को संशोधित दफा १६३ र १६४ मा रहेको जरिवाना सम्बन्धि व्यवस्था भौतिक पूर्वाधारको पूर्णताबीना कार्यान्वयन असम्भव रहेको हामीले यस अघि सरकारका विभिन्न निकायलाई पटक पटक अवगत गराईसकेको कुरा विदितै छ ।
हाम्रा मागप्रति सरकार गम्भिर नभएकै कारण जेठ १३ गतेको चक्काजाम लगायतको कार्यक्रम घोषणा गर्न बाध्य बनेका थियौं । चक्काजामको दिन जेठ १३ र १४ गते यातायात व्यवस्था विभागमासंग भएको वार्ताको सहमति अनुरुप ५ दिनसम्ममा हाम्रा मागहरुको समाधानको प्रकृयामा जाने भन्ने सहमति भए पनि सरकारका कुनै पनि निकायको हालसम्र्म ध्यान नजानुले सरकार हाम्रा मागप्रति गम्भिर छैन भन्ने हामीले अनुभूत गरेका छौं तसर्थ २०७३ जेठ २६ गते संयुक्त आन्दोलन मुल समितिको बैठक बसी दोस्रो चरणको आन्दोलनको घोषणा गर्न हामी बाध्य भएको जानकारी गराउन चाहान्छौं साथै न्यायपूर्ण आन्दोलनमा सबैको साथ रहयोगको अपेक्षा गर्दछौं ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु ः
१. ज्ञापन पत्र हस्तान्तरण ः जेठ ३० र ३१ गते
क. प्रधानमन्त्री कार्यालय
ख. गृह मन्त्रालय ।
ग. ५वटै राजनैतिक दलका प्रमुखज्यूहरुलाई
घ. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
ङ. स्थानिय विकास मन्त्रालय ।
च. ७५ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ।
छ ३ वटै ट्रेड यूनियनका अध्यक्षज्यूहरुलाई
२. सार्वजनिक तथा निजी सवारी साधनमा काम गर्ने मजदुरहरु तथा व्यवसायीहरु, व्यवसायी संघसस्थामा काम गर्ने देशभरीका कर्मचारीहरुले कालो पट्टी बांधेर काम गर्ने ः असार १ गतेदेखि ७ गतेसम्म
३. रुटमा रहेका सवारीले हिडिरहेकै स्थानमा र बस पार्कहरुमा रहेका सबै सवारी साधनहरुले ५ मिनट लगातार हर्न बजाउने ः असार ८ गते विहान ९ ः ३० वजे
४. व्यवसायी संघहरु, मजदुर संगठनहरु, स्थानिय स्तरका राजनीति दलका प्रमुखहरु, प्रशासन प्रमुखहरु, सांसदहरु, सर्वसाधारण तथा मजदुरहरु सम्मीलित अञ्चल स्तरिय तथा जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गर्ने सबै अञ्चल वा जिल्लाहरुमा ः असार १० गते
५. केन्द्रीय स्तरमा सबै दलका सांसदहरुसंग ‘‘मुलुकको बर्तमान सडक यातायात संचालनमा देखिएका समस्या र समाधानका उपाय बिषयक गोष्ठी’’ ः असार ११–१४ गते भित्र
६. यातायात व्यवस्था विभाग, अञ्चल यातायात कार्यालयहरुमा धर्ना तथा कालो झण्डा राख्ने
कार्यक्रम ः असार १५ गते
७. व्यवस्थापिका संसद विकास समितिसंग अन्तरक्रिया ः असार २१ देखि २५ गते सम्म
८. देशभरीका सम्पूर्ण सार्वजनिक सवारी साधनको प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चावी हस्तान्तरण गर्ने ः श्रावण ७ गते
९. देशभरीका व्यवसायी, मजदुर तथा कर्मचारीहरुले सम्पूर्ण सवारी साधनहरु थन्क्याएर देशका सवै जिल्ला र अञ्चलहरुमा सडक अनुशासन तथा दुर्घटना न्यूनिकरण गर्नका लागि प्रशिक्षण लिने दिने कार्यक्रम गर्ने ः श्रावण ९ र १० गते
नोट ः माथि उल्लेखित माग र कार्यक्रमका सम्बन्धमा नेपाल यातायात व्यवसायी राष्टिङय महासंघका अञ्चल संयोजकले माथि उल्लेखित संरचना अनुसार समन्वय गरी अञ्चलहरुमा कार्यक्रम सञ्चालन गर्ने । ....................
डोलनाथ खनाल
कार्यबाहक अध्यक्ष
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ
एवं संयोजक – संयुत आन्दोलन मुल समिति
अर्जुन रानाभाट
अध्यक्ष
नेपाल ट्रक यातायात व्यवसायी महासंघ.....................
खगेश्वर बोहरा
अध्यक्ष, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ....................
अच्युतराज खनाल
महासचिव, ढुवानी व्यवसायी महासंघ, नेपाल....................
अजय राई
अध्यक्ष, नेपाल यातायात मजदुर संघ
....................
भीमज्वाला राई
महासचिव, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन....................
सोम तामाङ
अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघ ....................
सुन्दर केसी
उपाध्यक्ष, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ