11/12/2025
धेरै साथी-भाइ सोध्छन्, 'तँ त पार्टीका लागि यति धेरै खटेको मान्छे, समानुपातिकमा उम्मेदवारी हालिस्? कि प्रत्यक्ष हो?'
म भन्छु, 'पहिले आफू जन्मे-हुर्केको गाउँ-टोल वडा हुँदै नगरलाई नमुना बनाउनुपर्छ। म भन्दा योग्य मान्छे नगरमा ल्याउन लागि परेको छु। रास्वपा अबको निर्विकल्प एउटा मात्रै राजनीतिक दल हो। म मेरो पालिकामै ध्यान दिन्छु।'
आफ्नो योग्यता, क्षमता र जनाधारको ख्याल नगरी चुनावै पिच्छे उम्मेद्वार हुन खोज्ने प्रवृत्तिले पनि रास्वपाको हित गर्दैन।
पहिले आफूले आफ्नै मूल्याकंन गरौ। अनि, अरूको गरौला।