Korala Express

Korala Express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Korala Express, Transportation Service, Jomsom-5, Mustang, Jomoson.

विनोद त्रिपाठी (कान्तिपुर )बाट साभार्            कोरलाको विशाल फाँट उपयोगविहीन                        ——————मुस्ताङ — ची...
18/11/2023

विनोद त्रिपाठी (कान्तिपुर )बाट साभार्

कोरलाको विशाल फाँट उपयोगविहीन
——————
मुस्ताङ — चीनसँग जोडिएको कोरला नाका नपुग्ने जो– कोहीलाई लाग्न सक्छ, यो नाका हिमालको टुप्पोमा छ, भीरैभीर होला, डरलाग्दो छाँगो होला । कतिलाई अनुमान यो पनि होला कि मान्छे बस्नै नमिल्ने खण्डहर होला l

तर, कोरला फाँट काठमाडौं उपत्यकाजस्तै विशाल समथर जमिनमा फैलिएको छ । कोरलासँग जोडिएको नेपालको भूभाग उपत्यकाको संरचनामा छ । चीनतर्फको भूभाग त्यहाँको सरकारले विभिन्न संरचना निर्माण गरी उपयोग गरिसकेको छ । तर, नेपालले आफ्नो तर्फको यो विशाल फाँट उपयोग गर्ने कुनै योजनै अघि सारेको छैन ।

वरिपरि स–साना हिमालले घेरिएको कोरला फाँट पोखरा र काठमाडौं उपत्यकाको समथर भागभन्दा ठूलो छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल जंगलको भाग छाडेर ३ सय हेक्टर छ । तर, कोरलाको समथर भूभाग ३ हजार ५ सय हेक्टरमा फैलिएको छ । यहाँ कुनै अग्ला डाँडा र ठूला हिमाल छैनन् । साना थुम्काजस्ता हिमालले घेरिएको छ ।

चीनले आफ्नो समथर भूमिमा ठूला भवनहरू, अन्डरग्राउन्ड सडक, बाहिरी सडक, सुरक्षा क्याम्पका विभिन्न संरचना बनाइसकेको छ । तारबार क्षेत्र र सिमानामै चीनका सुरक्षाकर्मीहरू चौबीसै घण्टा खटिएका हुन्छन् । रातमा चीनतर्फ बिजुलीको झिलिमिली हुन्छ । नेपालतर्फको जमिनमा कुनै संरचना नबनेकाले शून्य देखिन्छ । २०७२ मंसिरमा तत्कालीन सार्वजनिक लेखा समिति सभापति रवीन्द्र अधिकारी कोरला भ्रमणमा आउँदा यो फाँटको उपयोग गर्न सकिने बताएका थिए । त्यसयता सरकारले कोरलाको समथर भूभाग प्रयोग गर्ने कुनै योजना ल्याएको छैन ।

यसअघिका सरकारले यहाँ राख्ने भनिएका सेनाको ब्यारेक, सशस्त्र प्रहरी क्याम्प (बीओपी) यो फाँटभन्दा तल भिरालो जमिनमा राख्ने निर्णय गरिसकेको छ । सेनाको ब्यारेक २५ किमि तल लोमान्थाङ र सशस्त्रको १४ किमि तल नेचुङ भन्सार कार्यालयसँगै राख्नेगरी लालपुर्जा वितरण गरिसकेको छ ।

भविष्यमा कोरला नाका खुल्यो भने हुनुपर्ने सम्भावित संरचना बन्दरगाह, ठूला गोदाम भन्सार कार्यालयमै राख्ने प्रारम्भिक निर्णय गरिएको छ । तर, कोरलाको विशाल फाँटलाई यी सबै संरचनाका लागि उपयोग गर्न सकिने यहाँका जानकारहरू बताउँछन् ।

प्रदेश सांसद तथा मुस्ताङबाट नेपाल–चीन व्यापार गर्दै आएका इन्द्रधारा विष्टले कोरलाको समथर जमिनमा लाखौं कन्टेनर अट्ने भएकाले दक्षिण एसियाकै ठूलो सुक्खा बन्दरगाह बन्न सक्ने तर्क सुनाउँछन् । ‘अबको २/४ वर्षमा पोखराबाट सोझै पक्की सडक कोरला आउने भएकाले यो नाकाको विशेष महत्त्व हुन्छ, सडक निर्माणसँगै यो विशाल फाँटको उपयोग गर्ने योजना सरकारले ल्याउनुपर्छ,’ उनले भने, सडक बनेपछि त कुनै न कुनै दिन कोरला नाका खुल्ला । नाका खुल्नुअघि नै हामीले यो समथर जमिनको उपयोग गर्नेबारे गम्भीर बन्नुपर्छ ।’ कोरलाको जमिनमा बन्दरगाह र सरकारी कार्यालयहरू राख्न उपयुक्त भएको उनी बताउँछन् ।

यो जमिनमा ओरालो भिरालो कहीं छैन । हिउँ नपर्दा बाक्लो घाँसे मैदानजस्तो देखिन्छ । वर्षको ३ महिना हिउँ पर्ने भएकाले चीनले हिउँमा निर्माण गरिरहेको संरचनालाई नेपालले पछयाउनुपर्ने सिमानाका बासिन्दाको भनाइ छ । चिनिया जनता बस्न सक्छन् भने हामी किन बस्न सक्दैनौं, सरकारले चाहनुपर्छ, यो नेपालकै मानव निर्मित ठूलो उपत्यका बन्ने आँकलन स्थानीयको छ । ‘बिजुली पुर्‍याएर ताता घरहरू निर्माण गर्न सकियो भने कोरलाको जमिन उपयोग गर्न कठिन छैन,’ नेचुङका समाजसेवी कर्मा सन्तुक गुरुङ भन्छन्, ‘यत्रो ठूलो मिलेको जमिनलाई सरकारले अब प्रयोगमा ल्याउनुपर्छ । हामी यहींनजिकै बसिरहेका छौं भने त्यति ठूलो फराकिलो जमिनमा बस्न नमिल्ने कुरै छैन ।’ यो सम्भावना बोकेको कोरला उपत्यका हुने उनले सुनाए ।

कोरलाको जमिन मुस्ताङको तल्लो भेकभन्दा फरक छ । तलतिर बालुवा मिश्रित सुक्खा जमिन छ । तर, कोरलाको जमिनमा माटो अधिक छ । माटो भएकाले यहाँ प्राकृतिक घाँस उम्रिएर हरियो देखिन्छ । हिउँदमा हिउँपर्ने भएकाले सुक्खा तर निर्मल हावा बहन्छ । जमिनको सतह र यसको नक्साको आकार मिलेको अध्ययनकर्ताको बुझाइ छ । मुस्ताङमै रहेर ३ वर्ष नापीमा काम गरेका र कोरला नाका सिमानामा राख्ने सुरक्षा अड्डाहरूको नापनक्सामा खटिएका नापी अधिकृत खिमलाल गौतम भन्छन्, ‘कोरलाको समथर जमिन प्राकृतिक दृष्टिकोणले मानिस बस्न उपयुक्त जमिन हो । सेनाको ब्यारेक र सशस्त्रको क्याम्प राख्ने काममा म २ वर्ष खटिएँ, तल्लो भेकभन्दा कोरला फाँट निकै राम्रो जमिन हो ।’

नक्सामा पनि कोरला फाँट ३५ वर्ग किमिमा फैलिएको समथर भूभाग उल्लेख रहेको उनले बताए । ‘तल्लो भेकमा ठूला हिमाल र अग्ला डाँडा छन्,’ उनी भन्छन्, ‘तर कोरला तराईजस्तो मिलेको जमिन छ, यसको प्राकृतिक संरचनै उपत्यकाजस्तो भएकाले बस्ती राख्न सकिन्छ ।’

यहाँको जमिन सरकारी भएकाले निजी क्षेत्रको संरचना निर्माण गर्न सरकारले स्वीकृति दिनुपर्ने हुन्छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय व्यापारका लागि यो भूमि उपयोग गर्न सक्ने अनुमान चीनतर्फ व्यापार गर्नेहरूले बताउँदै आएका छन् । सरकारी बन्दरगाह, गोदाम घरहरू, कार्यालयबाहेक पनि निजी क्षेत्रले व्यापारिक प्रयोजनका लागि स्वीकृत दिने प्रावधान भए जमिन उपयोग गर्न सकिन्छ । केरुङ, तातोपानीलगायत उत्तरतिरका नाका मध्ये यति ठूलो जमिन कोरलाबाहेक अन्त छैन

कोरला नाका आज बाट खुलेको छ l🇳🇵🇨🇳
13/11/2023

कोरला नाका आज बाट खुलेको छ l🇳🇵🇨🇳

आदर्णीय मुस्ताङ बासी बुद्दिजिवी माहानुभाव हरु तपाईं हाम्रो आफ्नै स्थानिय यातायात ब्यबसायी “मुस्ताङ मुक्तिनाथ यातायात  प्...
20/03/2023

आदर्णीय मुस्ताङ बासी बुद्दिजिवी माहानुभाव हरु तपाईं हाम्रो
आफ्नै स्थानिय यातायात ब्यबसायी “मुस्ताङ मुक्तिनाथ यातायात प्रा. लि.” को स्तरिय डिलक्स बसहरुले हजुरहरुको सेवाको लागि यही चैत्र ५ गते बाट मुक्तिनाथ देखि जोमसोम,बेनी,पोखरा हुँदै काठमाडौं सम्म नियमित सिधा बस संचालन गरेको हजुरहरुलाई जानकारी गराउन चाहन्छौँ l

सम्पर्क :-
मुक्तिनाथ -सुनिल 📲9867973015
जोमसोम - भरत 📲9847707254
पोखरा — लाहुरे 📲9867637499
काठमाडौं -अनिश 📲9867766343

“राम्रो अनि हाम्रो लाई रोजौं”

16/03/2023
15/03/2023

लेते मुस्तांग ।

👉 भोलि कार्तिक ९ गते मंगलबार काठमाडौं देखी जोमसोम,मुक्तिनाथ तथा लोमान्थाङ जान चाहनुहुन्छ भने “मुस्ताङ मुक्तिनाथ यातायात ...
25/10/2021

👉 भोलि कार्तिक ९ गते मंगलबार काठमाडौं देखी जोमसोम,मुक्तिनाथ तथा लोमान्थाङ जान चाहनुहुन्छ भने
“मुस्ताङ मुक्तिनाथ यातायात प्रा. लि”को ग १ ख ८१२३ नम्बरको डिलक्स बस छुट्ने हुँदा आरमदायी र सुरक्षित सिट बुकिङको लागि तुरुन्त सम्पर्क् गर्नुहोला

छुटने समय :- साँझ ५ बजे
छुट्ने स्थान :- माछा पोखरी (मार्फा होटल)
सवारि न. :- ग १ ख ८१२३
सम्पर्क न. :- ९८४६९३८०४४, ९८६७६४४१२४

लौ मुस्ताङबाट तरकारीको राजा मानिने (जोमसोमको)शत प्रतिशत अर्गानिक आलु तपाईं हाम्रो सुन्दर शहर पोखरामा आई पुग्यो है lआफुला...
27/08/2021

लौ मुस्ताङबाट तरकारीको राजा मानिने (जोमसोमको)शत प्रतिशत अर्गानिक आलु तपाईं हाम्रो सुन्दर शहर पोखरामा आई पुग्यो है l

आफुलाई चाहिने जति अर्डर गर्नुहोस् र
दिन दिनै बजार जाने झन्झट बाट मुक्त हुनुहोस् ll😜

नोट:-पुरा बोरा लिनेलाई छुटको ब्यवस्था
१० बोरा भन्दा बढी लिन चाहनेलेलाई बिशेष छुट l

(दर भाउको लागि इनबक्स गर्नुहोस् या डाइरेक्ट फोन गर्नुहोस्)
📲9867644124

मुस्ताङको थासाङ्ग गाउँपालिका–२ मा अवस्थित छाताङ्ग झरना । तस्बिरः निरज थकाली/रासस
15/08/2021

मुस्ताङको थासाङ्ग गाउँपालिका–२ मा अवस्थित छाताङ्ग झरना ।

तस्बिरः निरज थकाली/रासस

आजको दुनियाThe Tateyama Kurobe Alpine Route, a snow-walled mountain road in Tateyama Town in central Japan's Toyama Pref...
18/04/2021

आजको दुनिया
The Tateyama Kurobe Alpine Route, a snow-walled mountain road in Tateyama Town in central Japan's Toyama Prefecture, fully reopened to public traffic on Thursday, after its wintertime closure. The route passes through the dynamic scenery of Tateyama Mountain in the Japan Alps. The scenic road has 37 kilometers long, with a difference in elevation of as much as 1,975 meters, and connects Toyama and Nagano prefectures.

" लौ कसौ सुर,गरौं मुस्ताङ टुर”देशको जुन सुकै ठाउँबाट मुक्तिनाथ दर्शन तथा अन्य ठाउँहरु भ्रमणको लागि  स्तरिय र आरमदायि बसक...
12/04/2021

" लौ कसौ सुर,गरौं मुस्ताङ टुर”

देशको जुन सुकै ठाउँबाट मुक्तिनाथ दर्शन तथा अन्य ठाउँहरु भ्रमणको लागि स्तरिय र आरमदायि बसको लागि हामीलाई सम्झनुहोस् lll
साथै जोमसोम नजिक अर्गानिक र टिपिकल थकाली खाना र सुन्दर शान्त वातावरणमा बस्नको लागि “थकाली होमस्टे”को ब्यवस्था पनि गरिन्छ l
📲9867644124

Address

Jomsom-5, Mustang
Jomoson

Telephone

+9779867644124

Website

Alerts

Be the first to know and let us send you an email when Korala Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Korala Express:

Share