17/09/2026
चाडपर्वलाई लक्षित गरेर तुलसीपुर यातायात प्रालिले दाङ काठमाडौं रात्री सेवा संचालन गर्नेगरी थप ४ वटा गरुड एसी बस भित्र्याएको छ । प्रालिका अध्यक्ष पवनराज बुढाथोकी र सल्लाहकार जनक खरालले आज रिबन काटेर बस सेवा संचालनको शुभारम्भ गर्नुभयो ।
एक करोड मूल्यका बसमा ३७ वटा सोफा सिट र ६ वटा सिल्पिङ सिट रहेका छन् । प्रालिका कर्मचारी तथा नारायणपुर काउन्टरका इञ्चार्ज प्रबीण बुढाथोकीका अनुसार प्रालिले यात्रुका लागि गुणस्तरीय सेवा प्रदान गर्नेगरी बसमा पानी र ब्ल्याङकेटको सुविधा उपलब्ध गराएको छ ।
यात्रुहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको तुलसीपुर यातायात प्रालिले यश अघि शुभकामना बस ४ वटा, यार्सा बस ४ वटा, क्वीन बस ४ वटा र मयुर बस ४ वटा संचालनमा ल्याइसकेको छ ।