नेपाल आयल निगम (एन ओ सी) वि. सं २०२७ सालमा स्थापना भएको हो । निगम नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको छ । आयल निगमले देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्दछ । नेपाल आयल निगमको केन्द्रीय कार्यालय काठमाण्डौका बबरमहलमा रहेको छ भने क्षेत्रीय तथा शाखा कार्यालयहरु पाँचै विकास क्षेत्रमा रहेका छन् । ७१६२२ किलो लिटर भण्डारण क्षमताका प्राधिकरण उर्जा डिपो रहेको निगममा हाल
६०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । उत्तरी दिशामा हिमाली तिब्वतको सिमाना तथा पुर्व, पश्चिम तथा दक्षीणमा भारतको सिमाना भएको कारण नेपाल भुपरिवेष्ठित देश भएको हो । नेपालले कुनै पेट्रोलियम पदार्थ उत्पादन गर्दैैन साथै प्रसोधन पनि गर्ने आफ्नै प्लान्ट नभएकोले गर्दा पूर्ण रुपमा आयातमा निर्भर हुनुपर्ने बाध्यता छ ।नेपाल आयल निगम नै त्यस्तो संस्थानहो जसले दैनिक १५०० ट्यांक पेट्रोलियम उत्पादनहरु १५०० भन्दा बढी थोक विक्रेता मार्फत वितरण गर्ने गर्दछ । पेटा«ेलियम उत्पादनको उच्च माग तथा उत्पादनहरुको बढ्दो परनिर्भरताको कारण नेपाल आयल निगमलाई आपुर्ति सहज बनाउन थप चुनौती थपिएको छ । हरेक बर्ष पेट्रोलियम उत्पादनको १० प्रतिशतले माग बढिरहेको अवस्थामा माग र आपुर्ति व्यवस्थापन कार्यलाई सहज बनाउनु पर्ने चुनौती लाई सामना गरी अगाढि बढ्नु पर्ने अवसर थपिएको छ । कुल उर्जाको १५ प्रतिशत पेट्रोलियम पदार्थले योगदान दिइरहेको छ । नेपालबाट सबैभन्दा नजीक अर्थात् ९०० किलोमिटर टाढा रहेको कलकत्ताको हाइल्डा बन्दरगाहबाट ढुवानी गरी ल्याउनु पर्ने बाध्यता र सबै उत्पादन भारतबाटनै आपुर्ति हुने व्यवस्थामा परनिर्भर हुनु पर्ने अर्को यथार्त पनि हामी सामु छ । इन्डियन आयल निगम लिमिटेड संग से २०१२ अप्रिल २७ मा पाँच बर्षको लागि सम्झौता भए बमोजिम नेपालमा तेल आयात तथा आपुर्ति भईरहेकोछ । भारतका पुर्वी तथा उत्तरी क्षेत्रमा रहेका पेट्रोलियम प्रसोधनकेन्द्र, टर्मिनल तथा डिपोहरु बाट नेपालमा पेट्रोलियम उत्पादनहरु आपुर्ति हुने गर्दछ । एलपिजी को आपुर्ति भने उत्पादन वितरण आग्रहको आधारमा इन्डियन आयल कर्पोरेसन ले हल्दिया, बरौनी, मथुरा, पानीपातबाट नेपाल आयल निगमलाई दिने गर्दछ । एलपिजी को बढ्दो माग ,नेपाल आयल निगमको चासो र चिन्ताको बिषय बन्न पुगेको छ । यसको बढ्दो मागलाई पुर्ति गर्न इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सम्झौता पत्रमा हस्ताक्षर भएकोछ जसले गर्दा दुबै कम्पनी बीच रक्सौल देखि अमलेखगंज सम्म प्रस्तावित पाइपलाईन विछ्याउने बारेमा विभिन्न चरणमा छलफल भइरहेकोछ । त्यसैगरी नेपाल भारत सिमानामा एलपिजी को पाइपलाइन विछ्याउने बारेमा समेत विभिन्न चरणमा छलफल तथा अन्तक्रिया भइरहेको छ । नेपाल आयल निगमको उच्च तहको नीति निर्माण गर्ने तथा नियन्त्रण गर्ने निकाय भनेको निर्देशक समितिहो । व्यवस्थापन तथा कार्यान्वयनको लागि समग्र दायित्य बहन गर्ने महत्वपूर्ण व्यक्ति भनेको कार्यकारी निर्देशक हो जो नेपाल आयल निगम निर्देशक समितिको सदस्य सचिव समेत व्यवस्था रहेको छ । यद्यपि पेट्रोलियम उत्पादनको मूल्य निर्धारण गर्ने अन्तीम अधिकार भने नेपाल सरकारमा निहित रहेको छ ।