04/08/2026
अत्यन्तै जरुरी सूचना !
हिजो मिति २०८३/०४/१८ गते सोमबार सुनकोशी नदीमा बसको ठक्करबाट तीन जना बेपत्ता भएको दुःखद घटनापछि पीडित परिवार तथा स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै मध्यपहाडी लोकमार्ग अन्तर्गत नवलपुर नजिक सडक अवरुद्ध गरेका छन्।
सम्बन्धित पक्षहरूबीचको वार्ता हालसम्म निष्कर्षमा पुग्न नसकेको तथा सडक अवरुद्ध रहेकाले सयौं यात्रु अलपत्र परेका छन्।
यस परिस्थितिलाई मध्यनजर गर्दै उक्त रुट भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न सम्बन्धित निकायबाट जानकारी प्राप्त भएनुसार सम्पूर्ण यात्रु महानुभाव, यातायात व्यवसायी तथा सरोकारवाला सबैमा जानकारी गराइन्छ।
सेवा अवरुद्ध हुँदा यात्रु महानुभावमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। वार्ताबाट समस्या समाधान भई सडक सञ्चालनमा आएलगत्तै यातायात सेवा पुनः सञ्चालन गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, खाेटाङ
(अध्यक्ष )