The Hillmen Times

The Hillmen Times Get the scoop on local news with The Hillmen Times! Your go-to source for breaking stories, deep dives, and exclusive updates from our community.

Your go-to source for breaking stories, deep dives, and exclusive updates from our community Stay in the loop with real-time news, insightful analysis, and stories that matter Hit like for latest updates Stay in the loop with real-time news, insightful analysis, and stories that matter. Hit like for the latest updates and stay connected!"

22/07/2026

पहाड, तराई अनि डुवर्स क्षेत्रबासीको निम्ति नेपाली भाषालाई सरकारी कामकाजको भाषा (Official Language) को रूपमा लागू गरिदिनु भएकोमा र AAY. (अन्त्योदय अन्न योजना) बाट नाम काटिएका उपभोक्ताहरूको नाम पुनः स्थापित गरिदिनु भएकोमा माननीय सांसद राजु बिष्ट ज्यू अनि माननीय मुख्यमन्त्री सुवेन्दु अधिकारी ज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।– रेश्मा गुरुङ, गोर्खे चेली

स्पेन   को नयाँ च्याम्पियन बनेको छ! 🏆🇪🇸
19/07/2026

स्पेन को नयाँ च्याम्पियन बनेको छ! 🏆🇪🇸

गोरामुमो अध्यक्ष मन घिसिङद्वारा रेलिङ्ग–कैजले समष्टि भ्रमण, “चाँडोभन्दा चाँडो जीटीए खारेज हुनुपर्छ” : मन घिसिङ गोर्खा रा...
19/07/2026

गोरामुमो अध्यक्ष मन घिसिङद्वारा रेलिङ्ग–कैजले समष्टि भ्रमण, “चाँडोभन्दा चाँडो जीटीए खारेज हुनुपर्छ” : मन घिसिङ

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रेलिङ्ग–कैजले समष्टिमा गोरामुमो अध्यक्ष मन घिसिङको अध्यक्षतामा एक महत्वपूर्ण सांङ्गठनिक सभा सम्पन्न भएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।
रेलिङ्ग बिहिबारे सार्वजनिक भवनमा सम्पन्न उक्त सभामा दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एम. जे. सुब्बा, केन्द्रीय समिति सदस्यहरू, विभिन्न भ्रातृ संगठनका प्रतिनिधिहरू, समष्टिका प्रतिनिधिहरू तथा गोरामुमोका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा गोरामुमो अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा समष्टिको सांगठनिक अवस्था, संगठन विस्तार तथा भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। सो अवसरमा अध्यक्ष घिसिङले संगठनलाई अझ सुदृढ र जनमुखी बनाउन आवश्यक दिशानिर्देशनसमेत दिएका थिए।
कार्यक्रमकै क्रममा विभिन्न राजनीतिक दल परित्याग गरी गोरामुमोमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई अध्यक्ष मन घिसिङले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए। साथै, सन् १९८६ देखि जाति र माटोको आन्दोलनमा निरन्तर योगदान पुर्‍याउँदै आएका समर्पित सदस्यहरूलाई पनि खादा लगाई सम्मान गरिएको थियो।
सभालाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले युवापुस्तालाई जाति र माटोको आन्दोलनप्रति जिम्मेवार बन्न आह्वान गरे। उनले भने, “युवाहरूले आफ्नो आमा–बुबाको आशीर्वाद लिएर जाति र माटोका लागि अगाडि बढ्दै संघर्ष गर्नुपर्छ। जाति र माटोको उन्मुक्तिको विषय अत्यन्त संवेदनशील भएकाले सबैले जिम्मेवारीपूर्वक बोल्नुपर्छ। यो खेलाइँचीको विषय होइन। गोर्खा जातिले लामो संघर्ष गरेको छ, त्यसैले अहिलेको परिस्थितिमा जो–कोहीले पनि अत्यन्त होशियारीपूर्वक आफ्नो धारणा राख्नुपर्छ। फेरि–फेरि हाम्रो भाग्य बिग्रिनु हुँदैन।”
उनले वर्तमान समयलाई गोर्खा समुदायका लागि ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै भने, “५० वर्षपछि यस्तो सुनौलो अवसर आएको हो। यहाँ पार्टीभन्दा पनि जातिको कुरा महत्वपूर्ण छ। हामी एक–अर्कासँग जुध्ने होइन, मिलेर अघि बढ्नुपर्छ। यसले सबैको हित गर्छ। मलाई गाली गर्नेहरूको लागि पनि राम्रो हुन्छ, मलाई सराप्नेहरूको लागि पनि राम्रो हुन्छ। यो संघर्ष वर्तमान पुस्ताका लागि मात्र होइन, हाम्रो भावी सन्तानको भविष्य सुरक्षित गर्नका लागि हो। यो भूमिको सुरक्षाको लडाइँ हो। छुट्टै राज्य भएर पनि माटोको सुरक्षा भएन भने त्यसको कुनै अर्थ हुँदैन। माटोबिनाको जातिको अस्तित्व रहँदैन। त्यसैले संवैधानिक प्रावधानअनुसार हाम्रो भूमिको सुरक्षा सुनिश्चित हुनुपर्छ।”

जीटीए सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्दै अध्यक्ष घिसिङले भने, “जीटीएलाई सही ढङ्गले चाँडोभन्दा चाँडो खारेज गर्नुपर्छ र संवैधानिक व्यवस्था लागू गर्नुपर्छ। जनताले आफ्नो तर्फबाट गर्नुपर्ने सबै गरिसकेका छन्। अहिले जनता एउटै आशामा छन्—हाम्रो जीवनमा पनि न्यानो घाम लाग्नेछ। यहाँ अल्मल्याउने डरलाग्दा खेलाडीहरू छन्, तर अब अल्मलिने कुनै ठाउँ छैन। तपाईंहरू अब कुनै पनि हालतमा अल्मलिनु हुँदैन।”
सभामा संगठन सुदृढीकरण, जनसमर्थन विस्तार तथा गोर्खा समुदायको संवैधानिक अधिकार सुनिश्चित गर्न सबै तहका कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

16/07/2026

जिटीएको ब्यापक घोटालालाई छानबिन गर्न माननीय मुख्यमन्त्री सुभेन्दु अधिकारीज्यू अनि माननीय ससद राजु विष्टज्यूको ऐतिहासिक कदमलाई हार्दिक स्वागत जनाऊदछौ : संदिप लिम्बु केन्द्रीय सदस्य गोरामुमो ।

*सांसद राजु बिष्टको कार्यालय**प्रेस विज्ञप्ति**१६ जुलाई, २०२६* दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ग्राम स...
16/07/2026

*सांसद राजु बिष्टको कार्यालय*
*प्रेस विज्ञप्ति*
*१६ जुलाई, २०२६*

दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ग्राम सड़क योजना (PMGSY) अन्तर्गत निर्माण गरिएका सड़कहरूका गुणस्तरको जाँच गर्दा फेला पारिएका स्तब्धकारी जानकारीहरूले तृणमूल काँग्रेसको सरकारअधीन गहिरो जरा गाड़ेको भ्रष्टाचार अनि सरकारी कोषको खुल्ला लूट उदाङ्गो पार्ने रहस्योद्घाटन गरेका छन्।

मेरो अनुरोधमा राष्ट्रीय ग्रामीण पूर्वाधार विकास निकाय (NRIDA) को राष्ट्रीय गुणस्तर निगरानीकर्ताहरू (NQMs) द्वारा गरिएका यी जाँचहरूमा निर्माणाधीन रहेका कार्यहरू, निर्माण पूरा भएका सड़कहरू, अनि मर्म्मत अवधिमा रहेका सड़कहरू समावेश थिए।

आधिकारिक जाँच प्रतिवेदनबाट प्राप्त प्रमुख निष्कर्षहरू यसप्रकारले छन्:
- जाँच गरिएका जम्मा सड़कहरू/निर्माण कार्यहरू: १३०

- सन्तोषजनक नभेट्टाइएका: ८८
- सन्तोषजनक तर सुधार आवश्यक भएका (SRI): ८
- सन्तोषजनक भेट्टाइएका: ३४

जाँचका परिणामहरूले दार्जिलिङ लोकसभा क्षेत्रमा टीएमसी सञ्चालित सरकारअन्तर्गत ग्रामीण सम्पर्कताको दयनीय अवस्थाको पर्दाफाश गरेको छ।

यो कुनै प्रशासनिक असफलता नभएर, टीएमसी सरकारद्वारा सरकारी कोषको सुनियोजित लूट हो। PMGSY सड़कहरूका लागि मञ्जूर गरिएका करोड़ौँ रुपियाँ घटिया निर्माण कार्य, जाली बिलहरू, र ठेकेदार अनि नेताहरूको साँठगाँठको माध्यमले लुटिएको छ जसको परिणामस्वरूप क्षेत्रमा भत्केका अनि मूलभूत गुणस्तर मानक पूरा नगर्ने सड़कहरू मात्रै छन्।

म, माननीय केन्द्रीय मन्त्री श्री शिवराज सिंह चौहानज्यूलाई उहाँको त्वरित कार्रवाईका लागि धन्यवाद ज्ञापन गर्दछु। उहाँको मन्त्रालयले पश्चिम बङ्गाल सरकारलाई सुधारात्मक कारबाही गरेर अनुपालन प्रतिवेदन बुझाउन निर्देशित गरेको छ।

माननीय मुख्यमन्त्री श्री सुवेन्दु अधिकारीज्यूको गतिशील नेतृत्वमा भारतीय जनता पार्टी सरकारले यो लूट-राजको अन्त्य गर्नेछ।

*राजु बिष्ट*
*लोकसभा सांसद दार्जिलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*

16/07/2026

राम्रो भएको खण्डमा यो जाति र माटोको कुरामा जी एन एल एफ पार्टीको मात्र हुदैन , सबैको लागि हुन्छ । मलाई माया गर्नेहरुको लागि पनि हुन्छ मलाई गाली गर्ने र मलाई सराप्नेहरुको लागि पनि हुन्छ ।
मन घिसिङ
अध्यक्ष
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति ।

15/07/2026

गोर्खा जनशक्ति फ्रन्टका नेता भरत छेत्रीले गरे टुङ सेन्टमेरिज समष्टिमा व्यापक धाँधली भएको गरे खुलासा

09/07/2026

नागरी फार्म बस बिसौनी हुदै जोड़िएको बाटो त बनियो कतिपय घरको सुरक्षामा लगाईने वाल न बनिएको बताउँछन् गाउँ वासी । नागरी फार्म डाँडा गाउँ निवासी सुरज लामाको भनाई अनुसार यस बाटोको ठेकेदारलाई धेरै पल्ट भने वापत् पनि न गरिदिएको दुखेसो पोखाएका छन्

09/07/2026

पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत पोख्रेबुङ बस्ती ठकुरी गाउँ अनि सेलेङबोङको बाटोको वर्क अर्डरपनि भएको छ तर कन्सट्रकशनले किन काम गरेन,स्पष्टीकरण दिनुपर्छ मांग गर्दै पोख्रेबुङ चामोंङ समष्टि,ईण्डियन गोर्खा जनशक्ति फ्रन्टका सभापति पुकार गहतराजको भनाई।

दुधेस्थित बालासन खोलामाथिको मोटरेबल बेली ब्रिज तयारदुधेस्थित बालासन खोलामाथिको मोटरेबल बेली ब्रिज निर्माण सम्पन्न भएको छ...
08/07/2026

दुधेस्थित बालासन खोलामाथिको मोटरेबल बेली ब्रिज तयार

दुधेस्थित बालासन खोलामाथिको मोटरेबल बेली ब्रिज निर्माण सम्पन्न भएको छ र भोलि साँझदेखि सवारीसाधन सञ्चालनका लागि खुला गरिनेछ। यससँगै मिरिक र तराईबीचको सडक सम्पर्क पुनःस्थापित हुनेछ।

अक्टोबर २०२५ मा पुरानो पुल बाढीले बगाएको थियो भने जुन १८–१९, २०२६ को भीषण वर्षाले अस्थायी ह्युम पाइप पुल पनि बगाएको थियो। त्यसपछि भारतीय सेनाले पाँच दिनमै पैदल बेली ब्रिज र १९ दिनभित्र मोटरेबल बेली ब्रिज निर्माण सम्पन्न गरेको हो।

दार्जिलिङका सांसद राजु बिष्टले भारतीय सेना, PWD, सम्बन्धित निकायहरू तथा राज्य सरकारप्रति आभार व्यक्त गरेका छन्।

Address

Bhagatdhura, Kolabari Road, Devidanga, Champasari
Siliguri
734003

Telephone

+918436363626

Website

Alerts

Be the first to know and let us send you an email when The Hillmen Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share